धादिङ १९ मङ्सिर
धादिङमा शुक्रबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २ जना, बेनिघाट रोराङ गाउँपालिका १ जना, थाक्रे गाउँपालिकाका १ जना गरी थप ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । योसँँगै जिल्लामा कुल संक्रमितको सङ्ख्या १ हजार ४ सय ४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस