धादिङ १९ मङ्सिर
बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल सहितको ९ जना टोलीले आज जिल्ला अस्पताल धादिङको निरिक्षण गर्नुभएको छ । जिल्ला अस्पताल धादिङलाई ५० शैंयाको निर्माण गर्नको लागि के कस्तो कार्यहरु भैरहेको छ भने भन्ने बारेमा निरिक्षण गरिएको हो । कार्यक्रममा मन्त्री दुलालले जिल्ला अस्पताल धादिङलाई ५० शैयाको बनाउनको लागि जग्गाको अभाव भएको हुँदा केहि भवनहरु व्यवस्था गरेर अगाडी बढ्नुपर्ने बताउनु भएको छ ।
साथै अस्पतालको भवन निर्माण गर्नको लागि अस्पताल प्रशासनले उक्त जग्गालाई टुक्रा टुक्रा नपारी ठुलो संरचना निर्माण गर्न सोच्नुपर्ने बताउनु भयो । निरिक्षण कार्यक्रममा बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसद जगत संखण्डा लगाएत बागमती प्रदेशका ९ जना सांसदहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस