धादिङ १९ मङ्सिर
धादिङको नीलकण्ठ नगरपालिकामा रहेको बालमन्दिर माध्यामिक विद्यालयको ९ कोठे भवनको शिलान्यस गरिएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना र उपमेयर मनराज भण्डारीले ९ कोठे भवनको शिलान्यस गर्नुभएको हो । विद्यालय पुन निर्माण कार्यक्रम अन्र्तगत एसियाली विकास बैंकको सहयोगमा ५ करोडको लागतमा भवन निर्माण गर्न लागिएको छ बालमन्दि माध्यमिक विद्यालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले ९ कोठे भवन भुकम्प बाट सुरक्षित रहित बन्ने बताउनु भएको छ । बालमन्दिर माध्यामिक विद्यालयको लागि नगरपालिका बाट सक्दो सहयोग हुने बताउनु भयो ।
विद्यालय भवनको अभाव रहेको हुँदा सकेसम्म छिटो भवन सम्पन्न गर्न पनि अपिल गर्नुभएको छ । साथै विद्यालय व्यवस्थापन समितिहरु सबै एक आपसा मिलेर विद्यालय स्तर गतिलाई तीव्र रुपमा बनाउन पनि आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले भवन निर्माणको सन्र्दभमा गुणस्तरीयता कायम गर्नेमा कुनै पनि कमिकमजोरी नहुने र निलकण्ठ नगरपालिकाले पनि भवन निर्माणको अनुगमन गर्ने बताउनु भयो । साथै भवन अपाङगतामैत्री बनाउनु पर्नेमा पनि जोड दिनु भयो ।
बालमन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्य रहेको थियो । निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीको विशेष आतिथ्य रहेको कार्यक्रममा विद्यालयका शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस