धादिङ १८ मङ्सिर
लैगिंक हिंसा बिरूद्धको १६ दिने अभियानको अवसरमा गङगाजमुना गाउँपालिका धादिङले बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा धादिङ जिल्लामा महिला हिंसाका घटनाहरु निकै बढ्दै गएकाले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अवसरमा गाउँपालिकाले कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष र सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा महिला हिंसा भनेको के हो ? महिला हिंसा नियन्त्रण र न्यूनीकरण कसरी गर्ने ?, जनप्रतिनिधि र सरोकारवाला निकायको भूमिका के हुन सक्छ ? कानुनी प्राबधानहरु के के छन् ? जस्ता विविध विषय बस्तुहरुको बारेमा छलफल गरिएको थियो । गङगाजमुना गाउँपालिकाका उपाध्यक्ष एन्जिला तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष र सदस्यहरु र फुलर्खक प्रहरी चौकीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस