धादिङ १६ मङ्सिर
जिल्ला प्रहरी कार्यालय धादिङले कार्तिक महिनाको उत्कृष्ट प्रहरीमा मङ्गलबार प्रहरी निरीक्षक भोजराज पाण्डेलाई सर्वोत्कृष्ट घोषणा गरेको छ । प्रहरीबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७” अनुसार धादिङ जिल्लाबाट कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डे सर्बोत्कृष्ट प्रहरी घोषणा हुनु भएको हो । पाण्डेले अबैध लागु औषध गाँजा खेती फडानी कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको, लागु औषध मुद्धामा फरार रहेका गणेश रोक्का भन्ने तोप बहादुर सार्कीलाई लागु औषध गाँजा १ किलो ८ सय ग्राम सहित नियन्त्रणमा लिन सफल हुनुका साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नहरुलाई नियन्त्रणमा लिएको लगाएतका उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी छनौट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र्र खड्काले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस