धादिङ १६ मङ्सिर
धादिङमा एचआईभी एड्स संक्रमित विरामीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । हाल सम्म धादिङमा यस रोगका विरामीहरुको संख्या १ सय १३ जना रहेका छन् भने ५ जनाको मृत्यु भैसकेको छ । विशेष गरी समुदाय स्तरमा एचआईभी एड्स सम्बन्धी जनचेतनाको कमीले गर्दा यस रोगका विरामीहरुको संख्या बढेको धादिङ अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. त्रिभुवन चन्द्र झा ले बताउनु भयो । एचआईभी एड्स रोगीका विरामीहरुलाई गर्ने व्यवहारको अन्त्य र हरेक व्यक्तिहरुमा यस रोगीका विरामीहरुले समयमै उपचार गरे रोग निको हुन्छ भन्ने चेतना हुनु पर्ने डा.झा ले बताउनु भयो । यस्तै धादिङ अस्पतालका स्टाप नर्स सरस्वती मल्लले भने एचआईभी एड्स रोगका विरामीहरु पछिल्लो समयमा निकै बढेको र नियमित औषधी सेवन गरे विरामीको अवस्था राम्रो हुने बताउनु भयो । एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने विज्ञहरू बताउँछन् । संक्रमित विरामीहरुको विना चेकजाँच ब्लड अन्य ब्यक्तिलाई लिने दिने गर्दा यो रोग सर्दछ । रगतको परीक्षण गरेपछि मात्र एचआईभी भए नभएको बारे थाहा हुन्छ । विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुई मार्फत ड्रक्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने मल्ल बताउनु हुन्छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवार’ भन्ने यस वर्षको नारा रहेको छ । एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस