कृष्ण बहादुर लामिछाने
गोरखा १६ मङ्सिर
भूकम्पीय जोखिम न्यूनीकरण्का साथै विद्यार्थीहरुलाई भूकम्पीय शिक्षा प्रदान गर्ने उद्देश्यले सोमबार गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं. ३ तान्द्राङमा रहेको संस्कृत माध्यमिक विद्यालयमा भुकम्प मापक यन्त्र सिस्मोेमिटर जडान गरिएको छ । नेपाल भुकम्पको जोखिमयुक्त क्षेत्र रहेको र २०७२ सालमा गोरखाको बापार्कलाई केन्द्र विन्दु बनाई भुकम्प गएको सन्दर्भमा स्वीजरल्याण्डको युनिभर्सिटी अफ लुजानको आर्थिक सहयोग र पर्वत जिल्ला निवासी युवा बैज्ञानिक डा. शिव सुवेदीको पहल र प्राविधिक सहयोगमा संस्कृत माध्यमिक विद्यालय तान्द्राङमा भूकम्प मापक यन्त्र सिस्मोेमिटर जडान गरिएको हो । सिस्मोमिटर जडान कार्यत्रममा सम्बोधन गर्दै डा.शिव सुवेदीले भूकम्पका साना तथा ठुला तरङ्ग र त्यसको केन्द्र विन्दुलाई मापन गर्न, भुकम्पीय तथ्याङक मार्फत जोखिमयुक्त क्षेत्रको नक्साङ्कन गरी विद्यालयमार्फत भूकम्प शिक्षा प्रदान गरी भुकम्पीय जोखिम न्यूनीकरण गर्न विद्यालयमा भूकम्प मापक यन्त्र जडान गरिएको बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर लामिछाने, पदाधिकारी तथा सदस्यहरु, प्रधानाध्यापक श्याम प्रसाद लामिछाने, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस