धादिङ १५ मङ्सिर
धादिङको १३ वटा स्थानीय तहहरु मध्ये ५ वटा स्थानीय तहमा सोमबार अस्पताल भवन शिलान्यास गरिएको छ । स्थानीय तहममा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले धादिङ सहित देभरका ३ सय ९६ वटा पालिकामा सोमबार एकै साथ अस्पतालको भवन शिलान्यास गरेको हो । यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ बेनिघाटमा १० शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गरिएको छ । अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले शिलान्यास गर्नुभएको छ । करिब १० करोड ८३ लाख २६ हजारको कुल लागतमा अस्पताल भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले जानकारी दिनु भयो । यस्तै ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा १५ शैया, त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टार प्राथमिक स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल, गंगाजमुना गाउँपालिकाको फुलखर्क स्वास्थ्य चौकीमा ५ शैया, र गल्छी गाउँपालिकाको बैरेनी स्वास्थ्य चौकीमा १५ शैया अस्पतालको शिलान्यास गरिएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बनाउन लागेको हो । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा समेत गरेको थियो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० शैयाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताउनुभयो । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७ सय ५३ पालिका मध्ये ६ सय ४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३ सय ९६ पालिकामा अस्पतालको भवन शिलान्यास भएको हो । प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३ सय ९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । पाँच शैयाको अस्पतालका लागि ७० लाख, १० शैयाको लागि ८५ लाख र १५ शैयाको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस