धादिङ १५, मङसिर
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित सल्यानकोट र वडा नम्बर ६ आगिन्चोकमा रहेको त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने (न्वागी मेला) कोभिड १९ सङ्क्रमणका कारण यसवर्ष औपचारिक पूजापाठ मात्र हुने भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले सोमबार एक सूचना गरी गर्दै यही मङ्सिर २१ र २२ गते लाग्ने न्वागी मेलाको अवसरमा कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी सामान्य रुपमा परम्परागत रुपमा गदै आएका पुजा चलाई भगवती माईको दर्शन गर्न वाहेक अन्य व्यक्तिहरु जम्मा भई भिडभाड जात्रा तथा मेला गर्ने, खेलकुद प्रतियोगिता गर्ने, स्टलहरु राख्ने, लगायतका भिडभाड हुने कुनै पनि कृयाकलाप नगर्न नगराउने निणर्य गर्दै कार्यान्वयनका लागि सबैमा अनुरोध गरेको हो ।
संक्रमणको जोखिमलाई ख्याल गर्दै गाउँपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालन गरिनु पर्ने, विगतका वर्षहरुमा हुने गरेका खेलकुद प्रतियोगिता साँस्कृतिक कार्यक्रम र व्यापारिक प्रयोजनका स्टलहरु यस वर्ष जात्रामा निषेध गरिएको उल्लेख गरिएको छ । हजारौं मानिहरुले सहभागि जनाउने यस मेलालाई पहाडी क्षेत्रको ठुलो मेला माइथान जात्राको नामले समेत परिचित यस मेलालाई न्वागी जात्राको नाममा बिशेष रुपमा लिने गरिएको छ । नेपालका शक्तिपीठहरु मध्ये त्रिपुरासुन्दरी माई पनि एक भएको हुँदा भक्तजनहरुले आफ्नो इच्छा भाकल पुरा गर्नको लागि मेलामा सहभागिता जनाएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले एक सूचना जारी गर्दै वर्षेनी हजारौँ दर्शनार्थीहरुको सहभागिाति रहेने प्रशिद्ध त्रिपुरासुन्दरी माईको मेला यसवर्ष कोभिड सङ्क्रमण फैलिरहेकाले प्रभावित भएको जानकारी दिदै सबै दर्शनार्थीहरुलाई सचेत र संयम भै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी औपचारीक पूजा पाठ बाहेकका अन्य गतिविधिमा सङ्लग्न नहुन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस