धादिङ १५ मङ्सिर
धादिङको गङ्गाजमुन गाउँपालिकामा ५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमका बिच संविधान सभा सदस्य धन बहादुर घलले अस्पतालको शिलान्यास गर्नुभएको हो । संघीय सरकारको सबै पालिकामा अस्पताल बनाउने नीति अनुरुप धादिङमा गङ्गाजमुना गाउँपालिकासहित ५ स्थानीय तहमा ५, १० र १५ सैयाको अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको थियो । करिब २१ रोपनी क्षेत्रफल जग्गामा संघीय सरकारको ७० लाख र प्रदेश सरकारबाट सर्सत अनुदानका लागि विनियोजित १ करोड बजेटमा अस्पताल निर्माण गर्न लागिएको हो । जटिल किसिमका दुर्घटना तथा जटिल सुत्केरी महिलाहरुको तत्काल उद्धार गर्नुपर्ने अवस्थामा गाउँपालिकाले नै हेलिकप्टरको व्यवस्थापन गरी तत्काल काठमाडौँ उपचारको लागि पठाउने व्यवस्था कार्यपालिका बैठकले गरिसकेको बताउदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद रोकाले करिब ७ करोड लागत लाग्ने उक्त ५ सैयाको अस्पताल २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनु भयो । अस्पताल सिलन्यास कार्यक्रममा बोल्दै संविधान सभा सदस्य धन बहादुर घलेले गाउँमै सुबिधासम्पन्न अस्पताल भएपछि स्थानीयहरु सामान्य रोगका लागि पनि सदरमुकाम र काठमाडौँ धाउनुपर्ने समस्याको समाधान भएकाले अझै व्यवस्थित अस्पताल बन्ने हुदा नागरिकहरुको स्वास्थ्यमा गाउँपालिकाले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो । यस्तै गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले सम्पूणर् स्थानीय नागरिक, राजनीतिज्ञ, कर्मचारी, जनप्रतिनिधिको साझा पहलमा गाउँपालिकाको निर्माण सुरु गरेको अस्पताल निर्माण कार्यले छिट्टै नै पूणर्ता प्राप्त गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस