धादिङ १४ मङ्सिर
धादिङमा आइतबार १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिकाका २ जना, गजुरी गाउँपालिकाका ४ जना, बेनिघाट रोराङ गाउँपालिकाका २ जना, ज्वालामुखी गाउँपालिकाका १ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ४ जना, थाक्रे गाउँपालिकाका १ जना, खनियाँबास गाउँपालिकाका १ जना र धादिङ अस्पतालका ३ जना, रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । योसंगै धादिङमा कोरोना सङ्क्रमितको संख्या १ हजार ४ सय ५ पुगेको छ भने १२ सय ७४ जना निको भएर घर फर्किसकेका छन् । यस्तै कोरोनाका कारण १६ जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस