धादिङ १३ मङ्सिर
शिक्षा र स्वास्थ्य सार्वजनिक वस्तु भएकाले त्यसलाई निःशुल्क गरी राज्यले नेतृत्व लिनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेलले बताउनु भएको छ । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको दोस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै कडेलले शिक्षा बाहेकका प्राबिधिक विषयलाई बढी प्राथमिकताका साथ जोड दिनुपर्ने बताउनु भयो ।
यस्तै कंडेलले बृहत अध्ययन गरेर क्याम्पसको रणनैतिक योजना निर्माण गर्नुपर्नेमा जोड दिदै प्राबिधिक धारको विकासका लागि राष्ट्रिय योजना आयोगले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेलको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै संघीय सांसद खेम प्रसाद लोहनी, प्रदेश सांसदद्धय डा. रामकुमार अधिकारी, डा. राजाराम कार्की, नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा नारायण शाक्य लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगद्धारा प्रदान गरिने QUA सर्टिफिकेट प्राप्त गरेको नीलकण्ठ बहुमुखी क्याम्पसमा हाल शिक्षा, व्यवस्थापन मानबिकी संकायमा स्नातक र स्नातकोत्तर तहमा पठन पाठन भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस