धादिङ १३ मङ्सिर
नीलकण्ठ बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा सम्भु कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । क्याम्पस सभाको दोस्रो बैठकले पूर्व क्याम्पस प्रमुख समेत रहनुभएका श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । धादिङ जिल्लाको सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले शिक्षा, व्यवस्थापन र मानविकी संकायमा पठन पाठन गर्दै आएको छ करिब १ हजार विद्यार्थी अध्ययन गर्ने उक्त क्याम्प्समा धादिङ जिल्लाका ७ स्थानीय तहका विद्यार्थीहरुले पठन पाठन गर्दै आएका छन् । स्नातक तथा स्नातकोत्तर तहको पठन पाठन भैरहेको उक्त क्याम्पसले हालसालै त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट QUA सर्टिफिकेट प्राप्त गरेको छ । यसअघि क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामनाथ अधिकारी रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस