धादिङ १२ मङ्सिर
मानव जातिको विकासक्रममा सञ्चार माध्यमको भूमिका महत्त्वपूणर् रहने संविधान सभा सदस्य पुष्प विक्रम मल्लले बताउनु भएको छ । शुक्रबार रेडियो बिहानीले १२ औँँँ स्थापना दिवसका अवसरमा आयोजना गरेको संघीयता कार्यान्वयनमा सामुदायिक रेडियोहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मल्लले सो कुरा बताउनु भएको हो । मल्लले सामुदायिक रेडियोहरु उपेक्षित उत्पीडितहरुको आवाज बन्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै संघीयता टिकाउनको लागि सञ्चारको विशेष भूमिका रहने हुँदा संघीयता कार्यान्वयनमा देखिएका जटिलाताका विषयमा सामुदायिक रेडियोहरुले बहस सिर्जना गर्नुपर्ने नेत्रवती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा कुमार शाक्यले बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि तथा सामुदायिक रेडियो प्रशारक संघ(अकोराब)का अध्यक्ष सुवास खतिवडाले समुदायका गरिब, उपेक्षित, उत्पीडित, अल्पसङ्ख्यक नागरिकहरुको आवाज सामुदायिक रेडियो बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद डा. रामकुमार अधिकारीले जनयुद्ध र जनआन्दोलनको जगमा स्थापित संघीय गणतन्त्र नेपालमा संघीयता कार्यान्वयनमा तिनै तहका सरकार लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष मनराज भण्डारीले कोभिड १९ जस्ता ठुला ठुला बिपत्तीहरुमा सामुदायिक रेडिहरुले महत्त्वपूणर् भूमिका निर्वाह गरेकाले समाजमा लोकप्रिय हुदै गएको बताउनु भयो ।
सहिद स्मृति सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो बिहानी ९७.६ मेगाहर्ज २०६६ साल मङ्सिर १२ गतेबाट प्रशारण आरम्भ भएको हो । रेडियोको १२ औँ स्थापना दिवसका अवसरमा आयोजित संघीयता कार्यान्वयनमा सामुदायिक रेडियोहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सहिद स्मृति सञ्चार सहकारी संस्थाका अध्यक्ष मनराज भण्डारीको अध्यक्षता, संविधान सभा सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता, बागमती प्रदेशका सांसद डा. रामकुमार अधिकारी, सामुदायिक रेडियो प्रशारक संघ(अकोराब)का अध्यक्ष सुवास खतिवडा, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा नारायण श्रेष्ठ, सहिद स्मृति सञ्चार सहकारीका संस्थापक अध्यक्ष उत्तम कंडेलको विशेष आतिथ्यता रहेको थियो ।
रेडियो व्यवस्थापन समितिका अध्यक्ष अमृत तामाङले स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर सञ्जय देवकोटाले गर्नुभएको थियो । यस्तै कार्यक्रममा संघीयता कार्यान्वयमा सामुदायिक रेडियोहरुको भूमिकाका सम्बन्धमा रेडियो बिहानीका संस्थापक स्टेशन म्यानेजर तथा सहिद स्मृति सञ्चार सहकारीका वरिष्ठ उपाध्यक्ष सुदर्शन खतिवडाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा प्रशारण केन्द्र तथा सुनौलाबजारस्थित भैरवी डाडाँमा रहेको सव स्टेशनमार्फत धादिङ लगायत देशका ४० जिल्लाहरुमा प्रशारण पहुच रहेको रेडियो बिहानीको समुद्री सतहबाट करिब १६०० मिटर उचाइमा साबिकको सुनौलाबजार गाउँ विकास समितिमा पर्ने भैरवी मन्दिर नजिकैको डाँडामा ५०० वाट क्षमताको टावर छ । अत्याधिक उचाइबाट प्रशारण गरिएकोले रेडियो बिहानी धादिङ जिल्लाका सम्पूणर् भूभाग, रसुवा, नुवाकोट र गोरखामा पूणर् रुपमा सुन्न सकिन्छ । यसका अतिरिक्त पूर्व रामेछापदेखि काठमाडौँ उपत्यका हुदैँ मकवानपुर, चितवन, नवलपरासी, पाल्पा, तनहूँ, स्याङ्जा, पर्वत, कास्की, लमजुङ लगायत ४५ भन्दा बढी जिल्लाहरुमा पनि उल्लेख्य कभरेज छ । करिब चौथाई करोड जनताको बीचमा रेडियो बिहानीको प्रशारण पहुँच रहेको छ ।
प्रतिक्रिया दिनुहोस