धादिङ, १२ मङ्सिर
धादिङमा शुक्रबार ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा गल्छी गाउँपालिका वडा नम्बर ४ का २६ र २७ वर्षीय पुरुष र थाक्रे गाउँपालिका वडा नम्बर १ का ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । योसंगै धादिङमा कोरोना सङ्क्रमितको संख्या १ हजार ३ सय ८३ पुगेको छ भने १२ सय २२ जना निको भएर घर फर्किसकेका छन् । जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा ४ सय १४ जना, गल्छी गाउँपालिकामा १ सय ६५ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा १ सय ११ जना, बेनिघाट रोराङ गाउँपालिकामा ९९ जना र गजुरी गाउँपालिकामा ९१ जना, ज्वालामुखी गाउँपालिकामा ८६ जना ,थाक्रे गाउँपालिकामा ७५ जना, धुनीबेसी नगरपालिकामा ७३ जना, सिद्धलेक गाउँपालिकामा ४९, खनियाँबास गाउँपालिकामा ४२ जना, गंगाजमुना गाउँपालिकामा ३८ जना नेत्रावती डबजोङ गाउँपालिकामा ३४ जना, रुविभ्याली गाउँपालिकामा १४ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका ७८ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार ३ सय ८३ जना रहेको थापाले जानकारी दिनु भयो । यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ४८ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५ सय ३५ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै जिल्लामा अहिले सक्रिय केशको संख्या १ सय ३७ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस