धादिङ ११ मङ्सिर
शहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका धादिङद्धारा सञ्चालित सामुदायिक रेडियो बिहानी ९७ दशमल ६ मेगाहर्ज शुक्रबार १२ औँ स्थापना दिवसको अवसरमा संघीयता कार्यान्वयनमा सामुदायिक रेडियोहरुको भूमिका विषयक अन्तरकृया कार्यक्रमको आयोजना गर्न लागेको छ । २०६६ साल मङ्सिर १२ गते प्रशारण आरम्भ गरेको ५०० वटा क्षमताको यस रेडियोका मुख्य स्टेशन नीलकण्ठ ३ धादिङबेसीमा रहेको छ भने सुनौलाबजारस्थित भैरवी डाँडामा टावर रहेको छ । धादिङ लगायत धादिङ आसपासका करिब ४० जिल्लाहरुमा प्रशारण क्षमता रहेको यस रेडियोले स्थापनाकालदेखि नै समुदायसँगगको सहकार्यमा खोजमूलक समाचार, सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस