धादिङ ०८ मङ्सिर
सोमबार धादिङमा २३ जना कोरोना सङ्क्रमित पुष्टी भएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिकाका २ जना, धुनीबेसी नगरपालिकाका १ जना, गल्छी गाउँपालिकाका १ जना, गजुरी गाउँपालिकाका २ जना, बेनिघाट रोराङ गाउँपालिकाका २ जना, ज्वालामुखी गाउँपालिकाका १ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका १ जना, गंगाजमुना गाउँपालिकाका २ जना, खनियाबास गाउँपालिकाका ६ जना र धादिङ अस्पतालका ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ६७ पुगेको छ । जसमा १५ जनाको मृत्यु भैसेकेको छ भने १ हजार २ सय ९ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस