धादिङ ०७ मङ्सिर
धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं. ५ मा रहेको गङ्गाजमुना माइ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्ने मेला कोभिड सङ्क्रमणका कारण यसवर्ष औपचारिक पूजापाठ मात्र हुने भएको छ । गङ्गाजमुना गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले यही मङ्सिर ९, १० र ११ गते हरिबोधनी एकादशीको अवसरमा कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड अपनाइ सामान्य रुपमा दर्शनार्थीहरुले दर्शन गर्ने बाहेकका अन्य व्यक्तिहरु जम्मा भइ भिडभाड गर्ने, जात्रा तथा मेला गर्ने, लङ्गुर बुर्जा खेलाउने, स्टलहरु राख्ने, लगायतका भिडभाड हुने कुनै पनि कृयाकलाप नगर्न नगराउने निणर्य गर्दै कार्यान्वयनका लागि सबैमा अनुरोध गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद रोकाले एक सूचना जारी गर्दै वर्षेनी हजारौँ दर्शनार्थीहरुको सहभागिाति रहेने प्रशिद्ध गङ्गाजमुन माई मेला यसवर्ष कोभिड सङ्क्रम फैलिरहेकाले प्रभावित भएको जानकारी दिदै सबै दर्शनार्थीहरुलाई सचेत र संयम भै स्वास्थ्य सुरक्षाका सम्पूणर् मापदण्ड पालना गरी औपचारीक पूजा पाठ बाहेकका अन्य गतिविधिमा सङ्लग्न नहुन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस