धादिङ ०७ मङ्सिर
आइतबार धादिङमा २२ जना कोरोना सङ्क्रमित पुष्टी भएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना, धुनिबेसी नगरपालिका र गङ्गाजमुना गाउँपालिकाका ४/४ जना, गजुरी गाउँपालिकाका २ जना, गल्छी, बेनिघाट रोराङ, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, खनियाबास, सिद्धलेक र रुविभ्याली गाउँपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । योसँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ४४ पुगेको छ । जसमा १५ जनाको मृत्यु भैसेकेको छ भने १ हजार २ सय ८ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस