धादिङ ०६ मङ्सिर
मानवीय सेवामा सदैव अगाडि रहेको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले जिल्लाका विभिन्न स्थानीय तहमा प्राकृतिक विपत्तिमा परेकाहरुलाई नगद सहित गैह्र खाद्य सामग्री हस्तान्तरण कार्यक्रमलाई तिब्रता दिएको छ । यसै क्रममा जिल्लाको सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न वडाहरुमा सहयोग हस्तान्तरण गरिएको धादिङ शाखाका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । यही कार्तिक २७ र २८ गते सिद्धलेक गाउँपालिकाको वडा नं. ३ र ७ का ९ घर परिवार, मङ्सिर ३ गते त्रिपुरासुन्दरी गाउँपालिकाका २ परिवार, मङ्सिर ४ र ५ गते बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३, ५, ७ र १० का १८ परिवारका साथै गल्छी गाउँपालिकाका ६ परिवारलाई प्रति परिवार नगद रु. ५ हजारका साथै व्यक्तिगत सरसफाइका सामग्री र १ वटा झुल समेत वितरण गरिएको संस्थाका सभापति तिमल्सिनाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस