धादिङ ०६ मङ्सिर
स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङकोले सातौँ पटक प्रोबेशन ब्राण्ड प्राप्त गरेको छ । नीलकण्ठ ३ धादिङबेसीमा मुख्य कार्यालय रही जिल्लालाई मुख्य कार्यक्षेत्र बनाइ बचत तथा ऋण प्रवाह गर्दै आएको यस सहकारी संस्थाले लगातार सातौँ पटक प्रोबेशन ब्राण्ड प्राप्त गर्न सफल भएको हो । दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चितताका लागि सञ्चालन गर्ने नेपाल स्तरको ब्राण्डिङ पूणर् तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन ब्राण्ड) प्राप्त गरेको संस्थाले जानकारी दिएको छ ।
यो कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कून र नेपाल सरकार सहकारी विभागको संयुक्त पहल र साझेदारीमा नेपालका बचत तथा ऋण सहकारी संस्था (साकोस हरुको जोखिम व्यवस्थापन, सदस्य केन्द्रित र गुणस्तरीय सेवा मार्फत सदस्यको बचत व्यवस्थापनमा प्राविधिक सहयोग पुर्याउने उद्देश्यले साकोसहरुकै लागत सहभागिताका आधारमा नेपालमा २०६९ सालदेखि सुरु भएको हो । हाल ५ हजार सेयर सदस्य रहेको यस सहकारीले ४० करोड हाराहारीमा पँजी कारोबार गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस