धादिङ ०५ मङ्सिर
पछिल्लो २४ घण्टामा धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धादिङको सिद्धलेक गाउँपालिकाका २ जना,नीलकण्ठ र धुनिबेशी नगरपालिका, गजुरी, थाक्रे र रुवीभ्यालि गाउँपालिकाका १/१ जना गरी थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय १७ पुगेको छ भने १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस