धादिङ मङ्सिर ०४
कोरोना भाइरस कोभिड १९ का कारण धादिङमा थप एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नम्बर ११ का ६० वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । कात्र्तिक २८ गते स्वास्थ्यमा समस्या आएपछि स्वाब संकलन गरी वीर अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँमा कोरोना पोजेटिभ देखिएको हो । उपचाररत महिलाको बिहिबार मृत्यु भएसंगै धादिङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । यस्तै धादिङमा बिहिबार ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा धुनिबेसी नगरपालिका वडा नम्बर ५ का ४२ वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय महिला र वडा नम्बर ११ का ११ वर्षीय बालिका रहेको थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १३ सय १० पुगेको छ । जसमध्ये ११ सय ५४ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस