धादिङ ३ मंसिर
नेपाल पत्रकार महासंघ धादिङका सस्थापक अध्यक्ष सीताराम प्रसाद बर्माको १३ औं पुण्यतिथिको अवसरमा बुधबार धादिङबेसीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ धादिङ र प्रेस यूनियन धादिङका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी बर्माको स्मृतिमा बुधबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र नेपाल प्रेस युनियन जिल्ला शाखा धादिङको संयुक्त आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।
पत्रकार महासंघ धादिङको कार्यालयमा आयोजित उक्त श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय बर्माको तस्विरमा माल्र्यापण गरी श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जली कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले स्वर्गीय पत्रकार बर्माले देखाएको बाटो र सिद्धान्त अनुसार धादिङ जिल्लाको पत्रकारिता क्षेत्रलाई अगाडि बढाउनु पर्ने बताएका थिए । धादिङ जिल्लाको पत्रकारिता क्षेत्रको विकास र उन्नति गर्न स्वर्गीय बर्माको ठुलो योगदान रहेकाले उहाँले गरेका योगदानहरुलाई समावेश गरी सस्मरणात्मक पुस्तक प्रकाशन गर्नुपर्ने सहभागिहरुको धारणा रहेको थियो । श्रद्धाञ्जली कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीमप्रसाद ढुङगाना लगायत जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो । कोरोना सङ्क्रमणका कारण काठमाण्डौं स्थित किष्ट अस्पतालमा उपचाररत बर्माको कात्र्तिक २१ गते शुक्रबार बिहान निधन भएको थियो । उहाँको निधन हुनुभन्दा केही दिन अघि कोरोना नेगेटिभ देखिएको थियो । बर्मा राष्ट्रिय समाचार समितिमा २७ वर्षदेखि धादिङ जिल्ला संवाददाताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस