धादिङ जेष्ठ ११
धादिङबेसी स्थित पुछार बजारमा शनिबार विहान खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । बीचबजारबाट पुछारबजार जाने क्रममा मोटरसाईकलमा आएका व्यक्तिले अचानक खुकुरी प्रहार गर्दा नीलकण्ठ नगरपालिका वडा नम्बर १३ मधुवनका प्रकाश तिमल्सेना घाईते भएका हुन । काम विशेषले धादिङबेसी आएका बेलामा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोट बस्ने चन्द्र गुरुङको समुहले खुकुरी प्रहार गरेको घाईते तिमल्सेनाले बताउनु भयो ।
खुकुरिको प्रहार छलेको कारण तिमल्सेना जोगिनु भएको प्रत्यक्षदर्शीले बताएका छन् । खुकुरी प्रहारबाट तिमल्सेनाको पछाडिको भाग, तिघ्रा र पाखुरामा गम्भिर चोट लागेको छ । घार्ईतेलाई धादिङबेसीको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात काठमाडाँै रिफर गरीएको छ । खुकुरी प्रहार गर्ने चन्द्र गुरुङको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ विहान भएको घटनाका कारण दिउसो आधी घण्टा पुछार बजारमा बन्द समेत भएको थियो .। खुकुरी प्रहारको विरोध गर्दै युवा संघ नेपाल र वाईसिएलको संयुक्त आयोजनामा आधा घण्टा धादिङबेसी बन्द भएको हो ।
प्रतिक्रिया दिनुहोस