धादिङ १ मंसिर
पछिल्लो २४ घण्टामा धादिङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिकाका १ जना, खनियाबास गाउँपालिकाका १ जना, रुवीभ्याली गाउँपालिकाका १ जना र सिद्धलेक गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । योसँगै जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ४ पुगेको छ भने १ हजार ८८ जना निको भएर घर फर्किसकेका छन् । ।
प्रतिक्रिया दिनुहोस