धादिङ २९ कार्तिक
कोरोना भाइरस सङ्क्रम जोखिमलाई मध्येनजर गर्दै यो वर्षको तिहारमा धादिङमा देउसी भैलो खेल्न नपाइने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र धादिङको बैठकले कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै यो वर्ष देउसी नखेल्न आग्रह गरेको छ । बैठकले आग्रहको उलङ्घन गर्दै कोही कसैले ‘देउसी भैलो’ खेलेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने निणर्य गरेको छ । बैठकले एकाघर परिवारका सदस्यहरु बाहेक नाता कुटुम्ब तथा छरछिमेकीहरु भेला नहुने, जुवा तास र मादक पदार्थ सेवन गरी हुल हुज्जत र होहल्ला साथै पटका पड्काउने कार्य गर्न र गराउन नपाईने, बजार व्यवसाय संचालन गर्दा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी संचालन गर्नुपर्ने, मेला‚ पर्व‚ जात्रा‚ महोत्सव कन्सर्ट जस्ता भिडभाड हुने कार्य नगर्न समेत आव्हान गरेको छ ।
प्रतिक्रिया दिनुहोस