धादिङ २९ कार्तिक
पछिल्लो २४ घण्टामा धादिङमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थप पुष्टी हुनेहरुमा धादिङ अस्पतालका ६ जना, नीलकण्ठ नगरपालिकाका ४ जना, धुनीबेशी नगरपालिकाका ३ जना, त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकाका २,२ जना र गजुरी गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । योसँगै जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय पुगेको छ । स्थानीय तह अनुसार हेर्दा सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा ४ सय २ जना संक्रमित पुष्टी भएका छन् । यस्तै गल्छीमा १ सय ६१ जना, त्रिपुरासुन्दरीमा १ सय ७ जना, बेनिघाट रोराङमा ९५ जना, गजुरीमा ८५ जना, ज्वालामुखी गाउँपालिकामा ८४ जना ,थाक्रेमा ६८ जना, धुनीबेसीमा ६४ जना, सिद्धलेकमा ४२, खनियाँबासमा ३४ जना, नेत्रावती डबजोङमा ३२, गंगाजमुनामा ३१ जना, रुविभ्यालीमा १२ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालबाट स्वाव सङ्कmन गराएका ७३ जना र स्वास्थ्य कार्यालय धादिङका ४ जना गरी १ हजार ३ सय जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस