प्रशान्त ढउन्या
धादिङ २८ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० साबिकको (ज्यामरुङ ४ डाँडागाउँमा) रहेको शङखानी माई मन्दिरको स्थानीय युवाहरुको सहयोगमा पुनः निर्माण गरिएको छ । २०७२ सालको विनासकारी भुकम्पपछि जिणर् अवस्थामा रहेको उक्त मन्दिरको स्थानीय समाजसेवी युवाहरुको सक्रीय सहभागितामा पुनः निर्माण गरिएको हो । जिणर् अवस्थामा रहेको मन्दिर निमाणर्को लागि स्थानीयबाट जनश्रमदान सहित नगद रु ३ लाखको आर्थिक सहयोग सङ्कलन गरिएको थियो । उक्त मन्दिर निर्माण गर्न स्थानीय शङखानी माई युवा समाजले जिम्मेवारी लिएको थियो भने मन्दिर ज्यामरुङकै उत्कृष्ट र नमुना रहेको क्लब तथा मन्दिर निमाणर् समितिका सचिव कृष्ण कुमार भट्टले बताउनु भयो । मन्दिरलाई अझै व्यवस्थित बनाउने र चलिआएको रीतिरिवाजलाई जोगाउन स्थानीय युवाहरु निरन्तर रुपमा लागि परेका छन् । साथै यस मन्दिरमा ९५ घरधुरीले वर्षको २ चोटी बडादशैको बेला महाअष्टमीको दिन र चैते दशैको पनि अष्टमीकै दिन पूजा गर्ने चलन चलिआएको छ । नँया मन्दिरको उदघाटन पश्चात क्लबले समुदायलाई मंसिर २ गते हस्तान्नतरण गर्ने र सम्पूणर्ं सहयोगी चन्दादाताहरुलाई सम्मान पत्र समेत प्रदान गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस