धादिङ २८ कार्तिक
धादिङमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितहरु धादिङको गल्छी गाउँपालिकाका ३ जना, बेनिघाट रोराङ गाउँपालिकाका ५ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका १ जना, सिद्धलेक गाउँपालिकाका ५ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कोरोना संक्रमितको सख्या १ हजार २ सय ८२ पुगेको छ । धादिङमा हाल सम्म कोरोनाका कारण १४ जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस