धादिङ २७ कार्तिक
पछिल्लो २४ घण्टामा धादिङमा थप १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा खनियाँबास गाउँपालिकाका ४ जना, नीलकण्ठ नगरपालिकाका ३ जना, बेनिघाट रोराङ, ज्वालामुखी, गंगाजमुना, थाक्रे र सिद्धलेक गाउँपालिकाका १/१ जना गरी थप १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय ६८ पुगेको छ । धादिङमा हालसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस