अपिल कोइराला
धादिङ जेष्ठ १०
शैक्षिक क्षेत्रमा मात्रै नभइ विभिन्न अतिरिक्त कृयाकलापमा समेत अगाडि रहेको धादिङ आवासीय माध्यमिक विद्यालय नीलकण्ठ ३ धादिङले आज प्रजातान्त्रिक मान्यता अपनाउँदै विद्यालय क्याप्टेन, भाइस क्याप्टेन, सदन काप्टेन, भाइस काप्टेन आदि चुनेको छ । विद्यार्थीहरुलाई प्रजातान्त्रिक पद्धतिको बारेमा सुसुचित गर्दै विद्यालयमा हुने विभिन्न अतिरिक्त कृयाकलापहरुलाई व्यवस्थित, सहज सहभागितामूलक र निश्पक्ष ढङ्गले आयोजना र सम्पन्न गर्न गरिएको चुनावी माहोलले विद्यालयका प्रधानाध्यापक हरि लम्साल केन्द्राध्यक्ष, सदनका शिक्षकहरु मतदान अधिकृतको भूमिकामा रहदै विद्यालय क्याप्टेनमा आभाष दुवाडी, भाइस क्याप्टेनमा सकिल गुरुङ, हरियो सदनको क्याप्टेनमा तारा बहादुर तामाङ, भाइस क्याप्टेनमा मौनता अधिकारी, रातो सदनको क्याप्टेनमा मिलन मगर, भाइस क्याप्टेनमा सुवास रिजाल, पहेलो सदनको क्याप्टेनमा प्रथा तामाङ, भाइस क्याप्टेनमा सुवरत्न तामाङ र निलो सदनको क्याप्टेनमा समिर गुरुङ तथा भाइस क्याप्टेनमा ओसियन काराखेती चएन भएका छन् ।
यसै सन्दर्भमा बोल्दै विद्यालयका प्रधानाध्यापक हरि लम्सालले यस चुनावी माहोलबाट विद्यार्थीहरुमा आफैले पनि केही भूमिका लिइ नेतृत्व गर्ने बानीको विकास हुने, विद्यार्थीहरुलाई जवर्जस्ती यस्ता कार्यहरुमा नलगाइकन आ आफ्नो इच्छा, रुची अनुसार अगाडि बढ्न दिदा उनीहरुमा आ–आफ्नो दायित्व अझै बढी बोध हुने कुरामाम जोड दिनुभयो । कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागितामा कार्यक्रमको सम्पूर्ण व्यवस्था विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सैलेश अधिकारीले गर्नुभएको थियो भने प्रजातान्त्रिक अभ्यासको बारेमा सामाजिक विषय शिक्षक प्रकाश गुरुङले प्रष्ट पार्नुभएको थियो । साथै विद्यालयका एजुकेटिभ डाइरेक्टर शुरेन्द्र प्रसाद शाह र प्रधानाध्यापक हरि लम्सालले विद्यार्थीहरुको सफल कार्यकालको लागि शुभकामना तथा बधाइ ज्ञापन गर्नुभएको विद्यालयका शिक्षक अपिल कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस