धादिङ २२ कार्तिक
धादिङको ज्वालामुखी गाउँपालिकाले मंसिर २ गतेदेखि शनिबार र सार्वजनिक विदाको दिनमा समेत विद्यालय सञ्चालन गर्ने भएको छ । कात्र्तिक २१ गते बसेको गाउँपालिकाको बैठकले गाउँपालिका मातहतमा सञ्चालित सबै विद्यालयहरु शनिबार र सार्वजनिक बिदाको दिनमा समेत सञ्चालन गर्ने निणर्य गरेको हो । कोरोना भाइरस कोभिड १९ का कारण लामो समससम्म देशैभर विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस