शनिबार धादिङका ८ जना कोरोना पुष्टी,कुल सङ्क्रमितको संख्या १ हजार २ सय १५ पुग्यो
२२ कार्तिक २०७७, शनिबार १७:२७
रेडियो बिहानी संवाददाता
धादिङ २२ कार्तिक
धादिङमा शनिबार ८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय पुरुष, वडा नम्बर १० का २७ वर्षीय पुरुष, वडा नम्बर १२ का ३० वर्षीय पुरुष, धुनिबेसी नगरपालिका वडा नम्बर २ का ५६ वर्षीय पुरुष, वडा नम्बर ८ का १७ र ३३ वर्षीय पुरुष, गजुरी गाउँपालिका वडा नम्बर २ का २० वर्षीय पुरुष, वडा नम्बर ७ का ३० वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २ सय १५ जना पुगेको छ । जसमध्ये ९ सय ७९ जना निको भएर घर फर्किएका छन् । यस्तै कोरोनाका कारण १४ जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभा तथा छैठौं अधिवेशन सम्पन्न
सामूदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्ज धादिङ सफलताको १६ औँ बर्षमा प्रवेश
धादिङ आवासीय माध्यमिक विद्यालयमा नमुना प्रतिनिधी सभा कार्यक्रम सम्पन्न
ने.क.पा माओवादी केन्द्र धादिङद्धारा समवेदना वक्तव्य जारी
गजुरी गाउँपालिकाद्धारा बालबालिकाहरुलाई खेलौना सामाग्री तथा न्यानो कपडा बितरण
लैंगिक हिंसा विरुद्धकको १६ दिने अभियान आजबाट सुरु
महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको अध्यक्षमा खिल कुमारी तिवारी चयन
धादिङमा २ दिने मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ८६ जनाले लिए सेवा
धादिङ जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न–सिङगङ एकता समाज र नीलकण्ठ न.पा विजयी
गंगाजमुना गा.पा ५ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गंगाजमुना गा.पा २ मा पुस्तक विमोचन कार्यक्रम सम्पन्न
नीलकण्ठ बहुमुखी क्याम्पसले २५ औ स्थापना दिवस भव्यताको साथ मनायो
प्रतिक्रिया दिनुहोस