धादिङ कार्तिक २०
गजुरी गाउँकार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य मञ्जु सार्कीको असामयिक निधनप्रति गजुरी गाउँपालिकाले दुःख व्यक्त गरेको छ । बिहिबार गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले एव शोक वक्तव्य जारी गर्दै इमान्दार, कतव्र्यनिष्ठ तथा एक कुशल राजनीतिकर्मीको निधनले सिङ्गो गाउँपालिकालाई नै क्षति पुगेको बताउनु भएको छ । साथै कार्यपालिका सदस्य सार्कीको असामयिक निधनका कारण २१ गते शुक्रबार गाउँपालिका मातहतका अत्यावश्यक बाहेक सबै कार्यालयहरु बन्द रहने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी गजुरीको नेतृ समेत रहनु भएको गजुरी गाउँकार्यपालिका सदस्य सार्की विगत केही समयदेखि दुबै मृगौला फेल भई मनमोहन शिक्षण हस्पिटल काठमाडौंमा उपचारत हुनुहुन्थ्यो । अस्पतालमा उपचाररत रहेकै समयमा भएको कोरोना परीक्षणमा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । ४० वर्षीय सार्कीको बिहिबार दिउसो २ बजेको समयमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस