धादिङ कार्तिक २०
पछिल्लो २४ घण्टामा धादिङमा कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका कार्यपालिका सदस्य तथा न्यायिक समितिका सदस्य ४१ वर्षीय मञ्जु सार्की रहेकी छिन् । नेपाल कम्युनिष्ट पार्टी गजुरीको नेतृ समेत रहनु भएको गजुरी गाउँकार्यपालिका सदस्य सार्की विगत केही समयदेखि दुबै मृगौला फेल भई मनमोहन शिक्षण हस्पिटल काठमाडौंमा उपचारत हुनुहुन्थ्यो । अस्पतालमा उपचाररत रहेकै समयमा भएको कोरोना परीक्षणमा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । यो संगै धादिङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । यस्तै बिहिबार धादिङमा थप ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २६ वर्षीय पुरुष, धुनिबेसी नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुष र वडा नम्बर ४ का ५० वर्षीय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ का ४० र वडा नम्बर ९ का ४३ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ९५ पुगेको छ भने ८ सय ७९ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस