धादिङ १९ कार्तिक
पछिल्लो २४ घण्टामा धादिङमा थप १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । बुधबार थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना, धुनिबेसी नगरपालिकाका २ जना, गल्छी गाउँपालिकाका १ जना, गजुरी गाउँपालिकाका १ जना, ज्वालामुखी गाउँपालिकाका १ जना, त्रिपुरासुन्दरी गाउरपालिकाका २ जना, गंगाजमुना गाउँपालिकाका १ जना र थाक्रे गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । योसँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ९० पुगेको छ भने ८ सय ७४ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस