भुवन भण्डारी
१९ कार्तिक २०७७
ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरु अध्ययनरत ६ वटा विद्यालयहरुलाई मंगलबार शैक्षिक तथा खेलकुद र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । धादिङ जिल्ला थाक्रे गाउँपालिकाको श्री जनकल्याण आधारभुत विद्यालय, श्री जनता आधारभुत विद्यालय, श्री महाङकालेश्वरी माध्यमिक विद्यालय, श्री उडुवादेवी प्रजा आधारभुत विद्यालय र धुनीबेशी नगरपालिकाको श्री भुवनेश्वरी माध्यमिक विद्यालय र श्री महेशधर्म माध्यमिक विद्यालय गरी ६ वटा विद्यालयहरुमा विद्यालयको आवश्यकता र मागको आधारमा शैक्षिक, खेलकुद तथा स्वास्थ्य सुरक्षाका सामाग्री (कापि, पेन्सिल, ईलेजर, कटर, डल, घडी, नेपालको नक्सा, प्रदेशको नक्सा,भलिबल, फुटबल, नेट, ब्याडमिन्टन, माक्स, सेनिटाईजर, थर्मलगन, पन्जा, साबुन आदी) लगायतको ३२ हजार बराबरको सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका ब्रेटर ब्रिक नेपाल कार्यक्रमका फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनु भयो । ग्लोबल फेयरनेश ईनिसियटिभको साझेदारीतामा संचालित ब्रेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत शैक्षिक तथा खेलकुद र स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
ब्रेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत धादिङ जिल्लाका धुनिबेसी नगरपालिका, थाक्र्रे र गजुरी गाउँपालिकामा रहेका ५ वटा ईट्टा उद्योगलाई बालश्रममुक्त गराई श्रमिकमैत्री ईट्टा उद्योग सञ्चालन गर्न बालश्रम मान्य छैन, बाध्यकारी श्रम मान्य छैन, ज्याला तथा कार्य घण्टा, कार्यस्थल स्वास्थ्य र सुरक्षा तथा अमानवीय व्यवहार मान्य छैन भन्ने बिबिएनका ५ वटा मापदण्डमा आधारित भई उद्योग सञ्चालनमा सहयोग तथा सहजीकरण गर्दै आएको पनि फिल्ड संयोजक कडेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस