धादिङ १८ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ ससाहमा मङ्गलबार बिहान भएको स्कारपियो दुर्घटनामा परि गम्भीर घाइते भएका मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र श्रेष्ठ र गल्छी गाउँपालिका वडा नं. १ का ३० वर्षीय विनोद खतिवडालाई एभरेस्ट एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जानकारी दिएको छ । मङ्लगबार बिहान अनियन्त्रित भइ बा १५ च ३५०४ नम्बरको स्कारपियो सडकबाट करिब १०० मिटर तल खसेको हो । दुर्घटनामा परी मुक्तिनाथ बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र श्रेष्ठ गल्छी गाउँपालिका वडा नं. १ का वर्ष ३० का बिनोद खतिवडा, गाडीका चालक विक्रम विश्वकर्मा, वर्ष ३१ का चन्द्रलाल ट्वाटी र वर्ष ३८ का आइते नेपाली घाइते भएका थिए ।
यता जिल्ला अस्पताल धादिङले दुर्घटनाका गम्भीर घाइते सुरेन्द्र श्रेष्ठ र आइते नेपालीलार्य थप उपचारका लागि काठमाडौँ रेफर गरेता पनि आर्थिक अभावका कारण आइते नेपालीलाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस