धादिङ १८ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ ससाहमा मङ्गलबार स्कारपियो दुर्घटना हुदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएकाले काठमाडौँ लाने तयारी भएको छ । मङ्लगबार बिहान अनियन्त्रित भ इबा १५ च ३५०४ नम्बरको स्कारपियो सडकबाट करिब १०० मिटर तल खसेको हो । दुर्घटनामा परी मुक्तिनाथ बैंक धादिङका प्रमुख सुरेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको धादिङ अस्पताल स्रोतले जानकारी दिएको छ । यस्तै घाइते हुनेहरुमा गल्छी गाउँपालिका वडा नं. १ घर भई हाल धादिङबेसी बस्दै आएका वर्ष ३० का बिनोद खतिवडा, गाडीका चालक विक्रम विश्वकर्मा, वर्ष ३१ का चन्द्रलाल ट्वाटी, वर्ष ३८ का आइते नेपाली रहेका छन् ।
प्रतिक्रिया दिनुहोस