धादिङ १७ कार्तिक
पछिल्लो २४ घण्टामा धादिङमा कोरोना सङ्क्रमणका कारण १ जनाको ज्यान गएको छ भने थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नं. ३ का ६१ वर्षीय महिला रहेकी छन् । थप पुष्टी भएका १८ जनामा नीलकण्ठ नगरपालिकाका ११ जना, बेनिघाट रोराङ गाउँपालिकाका ४ जना, धुनिबेसी नगरपालिकाका १ जना, ज्वालामुखी गाउँपालिकाका १ जना र सिद्धलेक गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । योसँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ४८ पुगेको छ भने हालसम्म १३ जनाको मृत्यु भएको छ । यस्तै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय १ रहेको छ भने ८ सय २६ जना निको भएर घर फर्किएका छन् । धादिङमा हालसम्म कोरोना भाइरसको जम्मा परीक्षण ५ हजार ४ सय १२ रहेको छ भने ७३ जनाको नतिजा आउन बाकी रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस