धादिङ कार्तिक १७
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण पटक-पटक बन्द भएका धादिङका उद्योग तथा खुद्रा पसलहरु सोमबार देखि बन्द नहुने भएको छ । सोमबार धादिङ उद्योग बाणिज्य संघले एक सूचना जारी गर्दै कात्र्तिक १७ गते देखि धादिङबेसीका सबै पसल तथा उद्योग व्यबसायहरु बन्द नहुने जानकारी गराएको हो । महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको २०७७ असोज ३ गते बसेको बैठकले नीलकण्ठ नगरपालिका स्थित सदरमुकाम आसपासका बजारहरुका उद्योग व्यबसाय विहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म मात्र संचालन गर्ने निणर्य गरेको थियो । उक्त निणर्यलाई पूर्नविचार गरी पुरै समय उद्योग व्यबसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन धादिङ उद्योग वाणिज्य संघले गरेको अनुरोधलाई स्थानीय प्रशासनले आत्मासाथ गदै स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी कात्र्तिक १७ गतेदेखि उद्योग व्यवसाय तथा पसलहरु पुरै समय सञ्चालन गर्न अनुमति दिएको हो ।
प्रतिक्रिया दिनुहोस