धादिङ १६ कार्तिक
ग्रामीण यातायात सहकारी संस्था लिमिटेड नीलकण्ठ ३ धादिङले जिल्लाको बेनिघाट रोराङ गाउँपालिका ६ स्यादुलमा आफ्नो यातयात सेवा विस्तार गरेको छ । सुन्तलाका लागि प्रख्यात स्यादुलबाट अब सिधै काठमाडौँ यात्रा गर्न सकिने भएपछि स्थानीय हर्षित भएका छन् । हरेक दिन बिहान ७ बजे स्यादुलबाट चरौदी मलेखु हँदै सिधा काठमाडौँसम्म ग्रामीण यातायात सहकारीको बस सञ्चालनमा आएका सहकारीका यातायात निरिक्षक विनोदबाबु रिमालले जानकारी दिनुभयो । यस्तै काठमाडौँबाट भने दिउसो १ बजे स्यादुलका लागि बस छुट्नेछ । सुन्तलाको लागि पकेट क्षेत्र भनेर चिनिएको स्यादलबाट सिधै काठमाडौँ बस सेवा सञ्चालन भएपछि त्यहाँ उत्पादन भएको सुन्तला लगायत अन्य उत्पादनहरुलाई पनि बजारसम्म पुर्याउन केही सहज हुने किसानहरुको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस