धादिङ १५ कार्तिक
सरकारले कोरोना सङ्क्रमितहरुको निशुल्क परीक्षण नगर्ने निणर्य गरेसँगै धादिङमा शनिबार ४७ जनाले व्यक्तिगत रुपमा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गराएका छन् । जिल्लाका विभिन्न आइसोलेसन, होम आईसोलेशनमा बसेका र कोरोना सङ्क्रमणको सङ्का लागेका व्यक्तिहरु गरी कुल ४७ जनाले नीजि खर्चमा काठमाडौँबाट स्वास्थ्यकर्मी झिकाएर स्वाव सङ्कलन गराएका हुन् । जिल्लामा स्वाव सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइएको छ । । आफ्नो स्वास्थ्य परीक्षणको लागि काठमाडौँबाट स्वास्थ्यकर्मी झिकाएर उनीहरुले प्रति व्यक्ति रु ३००० शुल्क तिरेर स्वाब सङ्कलन गराएका हुन् । हालसम्म धादिङ जिल्लामा व्यक्तिगत शुल्क तिरेर स्वाब सङ्कलन गराउनेको संख्या १ सय ४७ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस