गोरखा १३ कार्तिक
भिमसनेथापा गाउँपालिका गोरखाले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको सूचना जारी गरेको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि बुधबारबाट अर्को सूचना जारी नहुदासम्म आकस्मिक बाहेकका सबै सेवा बन्द भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले बताउनु भयो । गाउँपालिकाका १ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि तत्काल सेवा बन्द गराएर प्रत्यक्ष सम्पर्कमा आउनेहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्न लागिएको गाउँपालिका स्रोतले जानकारी दिएको छ । यसैगरी कार्तिक २ देखि ६ गतेसम्म सेवा लिन गाउँपालिका आएका सेवाग्राहीलाई समेत साबधानी अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस