• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
Advertisement
SKIP THIS
आज:  | Sun, 11, Apr, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

तरकारीमा विषादी प्रयोग गर्नै नहुने होइन तर प्रयोग गरेको १५ दिनपछि मात्रै टिप्नुपर्छ प्रमुख : देवकोटा

१० जेष्ठ २०७६, शुक्रबार १६:३७

रेडियो बिहानी संवाददाता

कृषि ज्ञान केन्द्र धादिङका प्रमुख केशव देवकोटासँग रेडियो बिहानी ९७.६ मेगाहर्जको लोकप्रिय कार्यक्रम विहानी संवादमा प्रस्तोता सञ्जय देवकोटाले गर्नु भएको कुराकानी

पहिला कृषि विकास कार्यालय थियो । अहिले प्रदेश सरकार अन्तरगतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रका रुपमा रहेको छ । हिजो कृषि विकास कार्यालय हुँदा र अहिले कृषि ज्ञान केन्द्रको रुपमा रहदा कतिको फरक पाइएको छ ?
साविकको कृषि विकास कार्यालयले कृषिको सम्पूर्ण कामहरु गथ्र्यो । जस्तै ः विउ विरुवा उत्पादन, च्याउ, मह, रेशम जस्ता थुप्रै किसिमका विउ वितरण गर्ने काम कृषि विकास कार्यालयबाट सञ्चालन हुन्थ्यो । हामीकहाँ ५३ जनाको दरबन्दी थियो । ६ वटा सेवा केन्द्रहरु थिए । केन्द्रहरुमार्फत हामी सेवा प्रदान गथ्र्यौँ । प्रत्येक केन्द्रमा २÷३ जना प्राविधिक कर्मचारीहरु हुनुहुन्थ्यो । जिल्लाको कार्यालयमा ४ जना अधिकृतहरु हुनुहुन्थ्यो । एकजना कार्यालय प्रमुखको रपमा रहनुहुन्थ्यो । यसरी हामीले विषय विशेषज्ञ भनेर अधिकृतहरुलाई कामको बाडफाँड गरेर सेवा केन्द्रबाट सेवाहरु प्रवाह गथ्र्र्यौँ । धेरै कार्यक्रमहरु, मलका विउ, विषादीहरु, रासायनिक मल नियमनका कुराहरु जस्ता थुप्रै कार्यक्रमहरु साविक कृषि विकास कार्यालय हुँदा हामीले नै गथ्र्यौँ ।

अहिले कृषि ज्ञान केन्द्र हुँदा यहाँहरुले के कस्ता सेवा प्रवाह गरिराख्नु भएको छ ?
संघियता लागु भएसँगै कृषि विकास कार्यालयमा आउने कार्यक्रमहरु, बजेटहरु स्थानीय तहमा गए । सम्बन्धित गाउँ पालिका, नगरपालिकाहरुमा कृषिका कामहरु गरिए । साविक कृषि विकास कार्यालय भनेर हामी एक वर्ष बस्यौँ । १ वर्ष हामीले कुनै किसिमको कार्यक्रमहरु सञ्चालन गरेनौँ । १ वर्ष त्यतिकै तलब भत्ता मात्रै खाएर बस्यौँ । त्यस पछाडि २०७५ साउनदेखि प्रदेश सरकार अन्तरगत कृषि ज्ञान केन्द्र स्थापना गर्ने भन्ने कुरा आयो । त्यसपछि प्रदेश मन्त्रालय भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत कृषि ज्ञान केन्द्र राख्ने कुरा भयो । अब कृषि ज्ञान केन्द्र मार्फत धादिङ जिल्लाभरी कृषिका कामहरु गर्ने, कार्यक्रम सञ्चालन गर्ने भन्ने कुरा भयो । त्यसपछि के आयो भने कृषि र भेटेनरीको एउटै कार्यालय राख्ने भनेर प्रदेश मुख्यमन्त्री, प्रदेश सरकारले त्यो किसिमको काम पनि ग¥यो र पछि भएन । हामीले गरेको काम खेर गयो । २०७५ कार्तिक ७ गते मात्रै धादिङमा कृषि ज्ञान केन्द्रको स्थापना भयो । ४ जना अधिकृतको दरबन्दी छ तर अहिलेसम्म १ जना पनि अधिकृत हुनुहुन्न । ३ जना प्राविधिक हुनुपर्ने थियो तर १ जना प्राविकिधले काम गरिरहनु भएको थियो भने कार्यक्रमहरु खासै सञ्चालन गर्न सकिएन । गत फागुन, चैत्रबाट मात्रै कार्यक्रमहरु आउन थालेका छन् । हाल हामीले विशेष गरी यान्त्रीकरणमा, कृषि सडकमा,, अर्गानिक, प्राङ्गारिक खेती सम्बन्धी काम गर्ने, साना सिञ्चाई, सहकारी खेती जस्ता कामहरु गरिरहेका छौँ । कृषि ज्ञान केन्द्र प्रदेश सरकार अन्तरगतको कार्यालय भयो । स्थानीय तह, कृषिको क्षेत्र थोरै अगाडि बढेको छ । यो प्रदेश अन्तरगतको कार्यालय भएकोले सबै कुरा मिल्दै जान समय लाग्छ । जुन कामहरु पहिला गरेका थियौँ त्यो भङ्ग भएको छ । अब फेरी क्रमबद्ध रुपमा जान केही समय लाग्छ ।

तत्कालिन अवस्थामा कृषि ज्ञान केन्द्रले गर्ने कामर के के हुन् ?
विश्व अर्गानिक उत्पादनमा लागिसकेको बेला छ । हामी पनि अब उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अर्गानिक उत्पादनमा लाग्नु पर्छ भन्ने उद्देश्यका साथ हामीले अर्गानिक उत्पादन गर्ने किसानहरु छानिसकेका छौँ । उहाँहरुले उत्पादन गरेको तरकारी फलफूलको बजार व्यवस्थापन पनि हामीले नै गर्ने छौँ । किसान तथा व्यापारीलाई समेटेर कार्यक्रमहरु राख्ने योजना बनाएका छौँ । त्यस्तै अर्गानिक उत्पादन गर्ने किसानहरुसँग व्यापारीहरुले सक्झौता गर्नुपर्ने हुन्छ । तपाईँको सामान हामी किन्छौँ, विक्री गर्छौँ भनेर सम्झौत गर्ने त्यस्ता किसिमका कार्यक्रमहरु गर्ने योजना बनाएका छौँ । हामीले रैथाने बाली विकास कार्यक्रम सञ्चालन गरिरहेका छौँ । किसानहरुलाई यस सम्बन्धी तालिमहरु दिने, गहुँ, फापर, कोदो जस्ता खाद्यान्नको परिकारहरु बनाउन सिकाउने, विउहरु उपलब्ध गराउने, उपकरणहर उपलब्ध गराउने आदि रैथाने बाली सम्बन्धी कार्यक्रमहर हामीले सञ्चालन गरेका छौँ । बजार वरपरका वस्तीहरुमा प्लास्टिक घरको विस्तार गरी तरकारीहरु उत्पादन गर्ने, गड्यौले मलहरु उत्पादन गर्ने त्यसपछि गोठमल सुधार गर्ने, मुत्र सङ्कलन गर्ने जस्ता कार्यक्रमहरु पनि हामीले राखेका छौँ ।

धादिङ लगायत देशैभर तरकारीहरुमा अत्याधिक मात्रामा विषादी प्रयोग भएको छ । यसको नियमन कसले गर्छ ?
विषादी र विषादीयुक्त मलहरु प्रयोग गर्न हामीले नै सिकाएका हौँ । विषादी मलहरु प्रयोग गर्दा किराहरु मर्ने बाली राम्रो हुने हुनाले हामीले विषादीको प्रयोग गर्छौँ । किसानहरुले रोग, किरा लागिसकेपछि पनि विषादी प्रयोग गर्ने नलागे पनि गर्ने हुनाले बाली बिग्रन्छ । किरा लागे मात्र आवश्यकता अनुसार विषादी प्रयोग गर्नुहोस् । नत्र नगर्नुहोस् । जुन कुरा आवश्यक नै छैन । एउटा बालीमा ३÷४ पटक भन्दा बढी विषादी हाल्नु पर्दैन । बालीको अवस्था समय र मौसम हेरेर विषादी हाल्नुपर्छ । हामीले विषादीको प्रकार पनि चिन्नु पर्दछ । विषादी पनि २ किसिमको हुन्छ । नरम र कडा । नरम विषादी हालेको ७ दिनमा फल टिप्न मिल्छ भने कडा विषादी हालेको अवस्थामा फल टिप्न १५÷२० दिन पर्खिनु पर्छ । ७ दिन अथवा १५ दिनपछि तरकारी टिप्दा त्यसमा विषादीको अवशेष रहदैन र तरकारी स्वच्छ तथा स्वास्थ्यबर्धक हुन्छ । विष हालेको २÷३ दिनमै तरकारी टिपियो भने त्यसमा विषादीको अवशेष रहिरहन्छ जसले गर्दा हाम्रो शरीरमा विभिन्न किसिमका रोगहरु निम्त्याउन सक्छ । हामीले रासायनिक मलको प्रयोग गर्दा कति प्रयोग गर्ने जानकारी नलिइकन हाल्ने गरेका छौँ । त्यसो हुँदा बाली राम्रो हुनुपर्ने ठाउँमा सखाप हुन्छ । मानिसलाई विभिन्न समयमा खानाको आवश्यकता परे जस्तै विरुवालाई पनि धेरै खालको खानेकुरा अर्थात मल, पानी, विषादी आदि खाद्यपदार्थ चाहिन्छ । हामीले समय समयमा सबै कुरा मिलाएर दिनुपर्छ जसले गर्दा विरुवा राम्रो हुन्छ । प्राङ्गारिक मल प्राङ्गारिक खेतीको लागि यही वर्षबाट नेपाल सरकारले अभियान सुरु गरिसकेको छ । विभिन्न संघ संस्थाबाट पनि यो अभियान सुरु भइसकेको छ । प्राङ्गारिक युक्त तरकारीहरुको उत्पादन गर्ने नीति नेपाल सरकारले तयार गरिसकेको छ । बजार सरकारको हातमा छैन । नीजि निकायले नै बजारको व्यवस्थापन, मूल्य निर्धारण गर्दै आइरहेका छन् । खुल्ला अर्थतन्त्र लागु भएकोले नीजि निकायले बजारको प्रतिनिधित्व गरिरहेका छन् । त्यसैले हामीले तरकारी तथा खाद्य वस्तुहरुको मूल्य तोक्न सकिरहेका छैनौँ । नेपाल सरकार, प्रदेश सरकारले विभिन्न स्थानमा कालीमाटी जस्ता तरकारी बजारहरु खोल्नुपर्छ जसले गर्दा बजार भाउमा नियन्त्रण गर्न सहज हुन्छ ।

बजारमा आउने तरकारीमा विषादीको मात्रा कति छ ? त्यो मापन गर्ने यन्त्र यहाँहरुसँग छ कि छैन ? समय समयमा मापन गर्ने गरिएको छ कि छैन ?
विषादी मापन गर्ने यन्त्र कालीमाटमिा छ । त्यस्तै पोखरा, नारायणघाट, विराटनगर, नेपालगञ्ज जस्ता ठुला सहरहरुमा स्थापना भएका छन् । सन्तोषजनक काम भने भएको पाइदैन । त्यसको लागि जनशक्तिको अभाव छ । हाम्रो धादिङ जिल्लामा चाहि त्यस्तो मेसिनहरु छैन । हाम्रो स्थानीय तहमा उत्पादन भएका तरकारीहरु कहिलेकाही कालीमाटीमा जाचँ हुने गर्छ । त्यसको जानकारी हामीकहाँ आउँछ । कृषिमा प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ जसले गर्दा स्वच्छ तरकारीहरु उत्पादन हुन्छ । हामीले देशमा बसेर राम्रोसँग गर्न सक्ने भनेको कृषि हो । हामी सबै विदेशीको भर पर्नुपर्ने अवस्था छ । कृषि र कृषि उत्पादकत्व वृद्धिमा ठुलो योगदान कृषकहरुको रहन्छ र रहोस् भन्ने कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

योङ कम्युनिष्ट लिग नीलकण्ठ २ वडा कमिटी विस्तार

अखिल नेपाल महिला संघ क्रान्तिकारी धादिङको ४५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण

शिक्षकहरुको जायज माग वर्तमान ओली सरकारले सम्बोधन गर्दैन : नेता जम्कट्टेल

नीलकण्ठ नगरपालिकाका मेलमिलापकर्ताहरुको पुनर्ताजगी तालिम सुरु

निःशुल्क शिक्षाको माग गर्दै दलित संघर्ष समितिद्धारा बाजागाजा सहित बिरोध

अब धादिङबेसीमा फ्रि वाइफाइ

आधारभूत प्राथमिक उपचार तालिम धादिङबेशीमा सुरु

नीलकण्ठ नगरपालिका स्तरीय भलिबल प्रतियोगिता भोलि(चैत्र २७)बाट

वैशाख ९ देखि ११ गतेसम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुदै

पत्रकार महासंघ धादिङको अध्यक्षमा राजाराम शर्मा

धादिङको खनियवासमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

धादिङमा भुकम्प पछि पुननिर्माण र पुर्नस्थापनमा सदाचार कार्यक्रम समापन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    योङ कम्युनिष्ट लिग नीलकण्ठ २ वडा कमिटी विस्तार

  • २

    अखिल नेपाल महिला संघ क्रान्तिकारी धादिङको ४५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण

  • ३

    शिक्षकहरुको जायज माग वर्तमान ओली सरकारले सम्बोधन गर्दैन : नेता जम्कट्टेल

  • ४

    नीलकण्ठ नगरपालिकाका मेलमिलापकर्ताहरुको पुनर्ताजगी तालिम सुरु

  • ५

    निःशुल्क शिक्षाको माग गर्दै दलित संघर्ष समितिद्धारा बाजागाजा सहित बिरोध

  • ६

    अब धादिङबेसीमा फ्रि वाइफाइ

  • ७

    आधारभूत प्राथमिक उपचार तालिम धादिङबेशीमा सुरु

  • ८

    नीलकण्ठ नगरपालिका स्तरीय भलिबल प्रतियोगिता भोलि(चैत्र २७)बाट

  • ९

    वैशाख ९ देखि ११ गतेसम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुदै

  • १०

    पत्रकार महासंघ धादिङको अध्यक्षमा राजाराम शर्मा

  • ११

    धादिङको खनियवासमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

  • १२

    धादिङमा भुकम्प पछि पुननिर्माण र पुर्नस्थापनमा सदाचार कार्यक्रम समापन

  • १३

    दलित संघर्ष समिती धादिङ द्धारा नीकलण्ठ नगरपालिकामा १ घण्टे शान्तिपुर्ण धर्ना

  • १४

    धादिङमा सोमबार थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • १५

    कुमारी बैंकको २० औ स्थापना दिवसमा शिव भगवती मन्दिर सरसफाई

  • १

    वैशाख ९ देखि ११ गतेसम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुदै

  • २

    पत्रकार महासंघ धादिङको अध्यक्षमा राजाराम शर्मा

  • ३

    धादिङको खनियवासमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

  • ४

    धादिङमा भुकम्प पछि पुननिर्माण र पुर्नस्थापनमा सदाचार कार्यक्रम समापन

  • ५

    दलित संघर्ष समिती धादिङ द्धारा नीकलण्ठ नगरपालिकामा १ घण्टे शान्तिपुर्ण धर्ना

  • ६

    धादिङमा सोमबार थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • ७

    कुमारी बैंकको २० औ स्थापना दिवसमा शिव भगवती मन्दिर सरसफाई

  • ८

    उपेन्द्र जम्कट्टेलको संयोजकत्मा अखिल क्रान्तिकारी धादिङको ५३ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण

  • हाम्रो समाज
    थप

    आगलागी पीडित जालीमाया चेपाङलाई जस्तापाता तथा खाद्यान्न सहयोग

    जनयुद्धका सहिदहरु सरला, आकाश र आस्थाको १९ औँ स्मृति दिवस धादिङमा मनाइयो

    गजुरी गाउँपालिका धादिङमा कोशेली घर निर्माण सुरु

    ५६ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस धादिङमा पनि मनाइयो

    दलित विद्यार्थीलाई शिक्षा निःशुल्क गर्न माग गर्दै नगरप्रमुख ढुङ्गानालाई ज्ञापन पत्र

    नीलकण्ठ माविका दलित विद्यार्थीको माग जायछ छः उपमेयर भण्डारी

    धादिङ सल्यानटारमा जिउदै महिलालाई खाल्डोमा पुर्ने डोजर चालक पक्राउ

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑