धादिङ १२ कार्तिक
कोरोना भाइरस (कोभिड १९) का कारण धादिङमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । मङ्गलबार मृत्युपछि गरिएको स्वाब परीक्षणमा बुधबार कोरोना रिपोट पोजेटिभ आएको थापाले जानकारी दिनु भयो । योसँगै धादिङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । यस्तै धादिङमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय पुरुष, धुनिबेसी नगरपालिका वडा नम्बर ५ की ६० वर्षीय महिला, वडा नम्बर ७ का ३७ वर्षीय पुरुष, सिद्धलेक गाउँपालिका वडा नं २ का २९ वर्षीय पुरुष, थाक्रे गाउँपालिका वडा नम्बर ११ की ५० वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । योसँगै धादिङमा कोरोना सङ्क्रमितको संख्या १ हजार ९४ पुगेको छ । जसमध्ये ६ सय १८ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस