धादिङ ८, कार्तिक
धादिङमा शनिबार ३० जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिकाका १० जना, गल्छी गाउापालिकाका १६ जना, थाक्रे गाउँपालिकाका २ जना, ज्वालामुखी गाउँपालिकाका १ जना र गजुरी गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ६६ पुगेको छ । जसमध्ये ४ सय ९९ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस