धादिङ ८, कार्तिक
धादिङ अस्पतालले कोरोना लक्षण सहितको शंकास्पद विरामीहरुको निशुल्क स्वाब संकलन गर्ने भएको छ । चाडपर्वको समयमा विरामीहरुको संख्या अत्याधिक बृद्धि हुने र बागमती प्रदेश सरकारले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निशुल्क उपचार गर्ने निर्णय गरेसँगै धादिङ अस्पतालले शंकास्पद लक्षण भएका विरामीहरुको स्वाब संकलन गर्ने लागिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनु भयो । बि.क. का अनुसार अस्पतालले प्रवाह हुने ईमन्र्जेन्सी सेवा प्रसुती सेवा, अन्तरङ्ग सेवा कोरोनाको शंकास्पद लक्षण भएका विरामीहरुको चेकजाँच गर्न सञ्चालित फिभर क्लिनिक सेवा र कोरोना सङ्क्रमित चेकजाँच गर्न आउने बिरामीहरुका लागि अस्थायी कोभिड १९ अस्पतालमा भर्ना गरी प्रदान गरिने आईसोलेसन सहितको उपचार सेवा २४ सै घण्टा खुल्ला रहने बताउनु भयो ।यसैगरी अस्पतालले धादिङबासीहरुमा बडा दशै २०७७ को शुभकामना व्यक्त गर्दै कोरोनाको शंकास्पद लक्षण सहितका विरामीहरुलाई अस्पतालको फिभर क्लिनिकमा आएर सेवा लिन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस