धादिङ, ६ कार्तिक
धादिङमा बिहिबार १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप पुष्टी हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय महिला, धुनिबेसी नगरपालिका वडा नम्बर ८ का ४१ वर्षीय पुरुष, वडा नम्बर नखुलेका ३४ वर्षीय पुरुष, गजुरी गाउँपालिका वडा नम्बर १ का १८, १९, ४१ र ५३ वर्षीय पुरुष, ११, १८, २१, २९, ३०, ३४, ४०,४० र ४७ वर्षीय महिला वडा नम्बर ६ का २९ वर्षीय पुरुष, गंगाजमुना गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनु भयो । यो सँगै धादिङमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १९ पुगेको छ । जसमध्ये ४ सय ८० जना निको भएर घर फर्किएका छन् । यस्तै कार्तिक ४ गते गंगाजमुना गाउँपालिका वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको अस्पताल ल्याउदै गर्दा मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब संकलन गरी पिसिआर रिपोर्टको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौ पठाइएकोमा बिहिबार मात्र कोरोना पोजेटिभ आएको थापाले जानकारी दिनु भयो । यो संगै धादिङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस